शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

भारतको कश्मीरमा चरमपन्थी हमला, पाँच सैनिक मारिए


पश्चिम प्रेस
मंगलबार, असार २६ २०८१
  • 347
    Shares

  • images
    images
    भारतको कश्मीरमा चरमपन्थी हमला, पाँच सैनिक मारिए

    भारत । भारतको उत्तरी राज्य जम्मु–कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् ।

    सोमबार जम्मु–कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला गरेका थिए । उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो ।

    सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको पुष्टि भारतका रक्षामन्त्री राजनाथ सिंहले गरेका छन् । उनले घटनालाई लिएर दुःख पनि व्यक्त गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # चरमपन्थी हमला
  • प्रतिक्रिया दिनुहोस