महेन्द्रनगर । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि भ्रम छर्ने काम मात्रै भएको बताएका छन । बिहिबार धनगढीमा आयोजीत पत्रकार सम्मेलमा बोल्दै उनले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए । ‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । ’ उनले भने । उनले माधव र प्रचण्डहरूले सत्ताको लागि रमिता देखाएको आरोप लगाए ।
.gif)