महेन्द्रनगर । चौधरी ग्रुप अन्तर्गतको सिजि फुड्स नेपाल लिमिटेडले दोधारा चाँदनी नगरपालिकाका बाढी पीडीतहरुका लागि राहत उपलब्ध गराएको छ ।
चौधरी ग्रुप अन्तर्गतको सिजि फुड्स नेपालका तर्फबाट कञ्चनपुरका आधिकारिक बिक्रेता हेमराज भट्टले रु ६० हजार बराबरको राहत सामग्री दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरेका हुन ।
चौधरी ग्रुपका तर्फबाट कञ्चनपुरका आधिकारि बिक्रेता हेमराज भट्ट र कञ्चनपुर प्रतिनिधि धरमसिंह धामीले २५ पेटी वाइवाइ चाउचाउ र २० वोरा वाइवाइ भुजिया गरि राहत सामाग्री नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीलाई हस्तान्तरण गरेका हुन । राहत सामग्री हस्तान्तरण गर्दै यहाँका आधिकारिक बिक्रेता हेमराज भट्टले बाढीबाट प्रभावितहरुका लागि सिजि फुड्स नेपालबाट रु ६० हजार बराबरको राहत उपलब्ध गराएको बताए । “तत्कालका लागि हामीले चाउचाउ र भुजिया उपलब्ध गराएका छौ ।” उनले भने–“राहत सामग्री बाढी प्रभावितहरु सम्म नगरपालिकाले पुगाइदेओस ।” अबिरल वर्षाका कारण महाकाली नदीमा र जोगबुढा नदिमा आएको उच्च बाढीले दोधारा चाँदनीका वडा ८,९ र १० क्षेत्र प्रभावित बनेको छ ।
राहत सामग्री बुझ्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले चौधरी ग्रुपको सिजि फुड्स नेपाले उपलब्ध गराएको राहतले ठुलो सहयोग पुगेको बताए । “यहाँ बाढीले धेरैनै क्षति गरेको अवस्था छ ।” उनले भने–“विपतको बेला राहत उपलब्ध गराउदा हामीलाई ठुलो सहयोग भएको छ ।” चौधरी ग्रुपले यसअघि पनि विपदका बेला सहयोग गर्दै आएको छ । बाढी र डुबानका कारण कञ्चनपुरमा एक हजार एक सय १२ घरपरिवारका चार हजार तीन सय ६५ जना प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यसैगरि राइजिङ सन एग्रो इण्डष्ट्रिज रुपन्देहीले उपलब्ध गराएको रु २० हजार मुल्य बराबरको चिउरा समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
.gif)