मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए


पश्चिम प्रेस
बिहीबार , असार २८ २०८१
  • 324
    Shares

  • images
    images
    बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

    बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन्। सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए।

     

    हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। उनले भने, 'सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते  ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन्।'

    बर्सातका समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन्। सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास– ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ। यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा क्षति गरेको थियो। यसैबीच असार २० गतेदेखिको वर्षाले यहाँका पाँचवटा घरमा क्षति पुगेको थियो। दुई पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। 


    प्रतिक्रिया दिनुहोस