शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बस पहिरोले बगाएपछि तीन यात्रुले हामफालेर जोगाए ज्यान


पश्चिम प्रेस
शुक्रबार, असार २९ २०८१
  • 385
    Shares

  • images
    images
    बस पहिरोले बगाएपछि तीन यात्रुले हामफालेर जोगाए ज्यान

    काठमाडौँ । चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्।

    काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।

    नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ मा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको यात्रु हाम फालेर बाच्न सफल भएको चितवन प्रहरीले जनाएको छ। 

    यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।

    पहिरोले बगाएको बस र बसमा सवार अन्य यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ ।

     


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस