शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

म्यादी प्रहरीलाई एक हप्ता तालिम दिइने


पश्चिम प्रेस
बिहीबार , फागुन १९ २०७८
  • 977
    Shares

  • images
    images
    म्यादी प्रहरीलाई एक हप्ता तालिम दिइने

    काठमाडौं । आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । ७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइनेछ । तालिम अवधीमा सिनियरलाई सलाम गर्ने तरिका, लौरो चलाउने र भीड नियन्त्रण गर्ने तरिका सिकाउने गरी कार्यविधि तयार पारिएको छ ।   
    आगामी निर्वाचनमा १ लाख १८ हजार म्यादी प्रहरी आवश्यक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।     


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस