महेन्द्रनगर । गत साताको अबिरल वर्षापछि आएको बाढीका कारण कञ्चनपुर जिल्ला आक्रान्त बनेको छ ।
बाढीले जिल्लाको दक्षिणी क्षेत्र,महेन्द्रनगर सदरमुकाम र महाकालीपारीको दोधारा चाँदनी नराम्ररी प्रभावित बनेको छ । भीमदत्तनगर र बेदकोट नगरपालिकामा दर्जनबढी घर जोखिममा छन । कतिपय स्थानमा सडक भत्किदा यातायात सेवा प्रभावित बनेको छ । अझैपनि जिल्लाका कतिपय बस्ती अध्यारोमा बस्न बाध्य छन । बाढीले विद्युतसेवा अवरुद्ध गरेपछि पुनःसुचारु हुन सकेको छैन ।

घरभित्र पसेको बाढीले अन्नपात लत्ताकपडामा क्षति गरेपछि यहाँका बासिन्दा समस्यामा परेका छन । खास गरि विपन्न समुदाय यसको चपेटामा परेको छ । घरभित्रको अन्नपात बाढीले बगाउदा साझ बिहानको छाकटार्न समेत मुस्किल परिहेको अवस्था छ । अहिले पश्चिमको दोधारा चाँदनीदेखी दक्षिणको बेलौरी पूर्नवास र बेल्डाँडीमा ठुलो धनजनको क्षति पुगेको छ । बाढी पीडितहरुलाई विपत्तिको बेला सहयोेग गर्ने कुनै निकाय छैन । वित्तिमा परेका जनतालाई सहयोग गर्ने राज्यको उत्तरदायित्व हो तर अहिले स्थानीय सरकारदेखी केन्द्र सरकारसम्म तीन तहका सरकारहरु छन । यी तीनै सरकारहरुले विपत्तिमा परेका आफ्ना नागरिकहरुलाइ सहयोग गर्न चुकेका छन ।
कञ्चनपुरमा तीन वटा निर्वाचन क्षेत्रका तीन जना प्रतिनिधिसभा सदस्य, ६ वटा प्रदेशसभा सदस्य छन । नौ वटा स्थानीय सरकार छन । तर कुनै सरकार पीडितको घरमा पुग्न सकेको छैन । यतिबेला बाढीबाट प्रभावित बनेकाहरुलाई राहतको आवश्यकता छ । उनीहरुलाई गासबासको समस्या छ । तर स्थानीय जनप्रतिनिधहरु अनुगमनका नाममा तस्वीर खिचेर सामाजिक सञ्जालमा प्रचार गर्न माहिर छन । पीडितहरु राहतको पर्खाइमा रहेबा बेला आश्वासनका पोका बाडेर अनुगमन गरेको तस्वीरहरु सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन ।

यहाँबा जनताको अमुल्य मतले प्रदेशसभा सदस्य बनेकाहरु अहिले कुन दुलोमा पसेका छन कहिकतै देखिदैनन । जुन जनताको मतबाट निर्वाचित भएर संघिय संसद पसेका रमेश लेखक,एनपी साउँद र तारालामा तामाङ अहिले काठमाडौंको राजधानीमा विराजमान छन ।
केहित मन्त्री बन्ने हानथाप गरिरहेका छन । उनीहरुलाई जनता पीडामा परेको कुनै मतलब छैन । यी तीन नेताको निर्वाचन क्षेत्रमा बाढीले आक्रान्त बनेका यहाँका बासिन्दाहरुमा राज्यको भएको महशुस गर्न पाएका छैनन । बाढीले घरभित्रको अन्न मात्रै होइन रखेतको अन्नसमेत क्षति गरेको छ । कतिपय स्थानमा पशुचौपायामा समेत ठुलो नोक्सानी बेहोर्नु परेको छ । मान्छेको ज्यान गैसक्दा समेत यहाँका जनप्रतिनिधिहरुमा सामान्य चिन्ततन पनि देखिएन ।
प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर पनि बेला छँदा निदाएर बस्ने अनि विपत्तिमा हेरेर बस्ने प्रवृत्तिमात्रै देखियो । यस्तो विपत्तीका बेला सरकार र विशेषगरि यहाँका जनप्रतिनिधिहरु नै एक कदम अगाडि बढ्नुपर्छ । बिडम्वना यहाँका जनप्रतिनिधिहरु जनताको विपत्तीमा पनि देखिएनन ।
बाढीको भेलबाट जोगिएर बाँचेकाहरुको आङ्मा एकसरो लुगा बाहेक केही छैन । जनता यस्तो बिजोग अवस्थामा भएका बेला यहाँका जनप्रतिनिधिले केही गर्न सक्दैन ? कति जनताको घरबासै गुमिसकेको छ । कति जनता त्राही—त्राहीमा नदी र बाढीको डरले शरण खोज्दै भौंतारिरहेका छन । जनता विपत्तीमा परेका बेला नपाएका जनप्रतिनिधि र नेताहरू चुनाव आएपछि नमस्कार गर्दै पक्कै आउने छन ।
.gif)