मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’ सम्पन्न


पश्चिम प्रेस
सोमबार, असार ३२ २०८१
  • 348
    Shares

  • images
    images
    बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’ सम्पन्न

    बैतडी । बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा ‘अषाढी जात’ सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका वडा नं ८ मा रहेको मन्दिरमा हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा लाग्ने यो जात्रालाई स्थानीयले  ‘अषाढी जात’ भन्ने गरेका छन् । 

    स्थानीय राजेन्द्रसिंह थापाले असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि दिनगन्ती गरेर आठौँ दिनमा जात्रा सुरू हुने र नवमीमा जात्रा सम्पन्न हुने जानकारी दिनुभयो । जात्रा हिजो सुरू भएको थियो । 

    असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने, नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडी गाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहेको छ । 

    जात्रा दर्शनका लागि नेपालका मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरू समेत यहाँ आउने गरेका छन् । हरेक वर्षझै यसपटक पनि भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट दर्शनार्थी यहाँ पुग्नुभएको थियो । 

    त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलीसहितको जात्रा हुने गरेको छ । असोजको नवरात्र र चैते दसैँमा पनि मन्दिरमा पूजाआजासहित जात्रा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयले रणशैनी भगवतीको रूपमा पुर्काने गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # त्रिपुरासुन्दरी मन्दिर
  • प्रतिक्रिया दिनुहोस