बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सरकारमा १८ महिने तेस्रो कार्यकाल सफल भएको प्रचण्डको निष्कर्ष


पश्चिम प्रेस
सोमबार, असार ३२ २०८१
  • 302
    Shares

  • images
    images
    सरकारमा १८ महिने तेस्रो कार्यकाल सफल भएको प्रचण्डको निष्कर्ष

    काठमाडौँ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साढे १८ महिने कार्यकाल सफल भएको निष्कर्ष निकालेका छन् ।

    आज (सोमबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिइसकेपछि दाहालले यसो भनेका हुन् । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनेपछि प्रचण्ड यही असार २८ गते आफ्नो तेस्रो कार्यकालको सत्ताबाट बाहिरिएका थिए

    उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको बताएका  छन् ।

    ‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नु हुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु’, उनले सोमबार भनेका छन् ।


  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • प्रतिक्रिया दिनुहोस