सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

त्रिशूली बस दुर्घटना : शव बगेर भारत पुगेको आशङ्का


पश्चिम प्रेस
सोमबार, असार ३२ २०८१
  • 529
    Shares

  • images
    images
    त्रिशूली बस दुर्घटना : शव बगेर भारत पुगेको आशङ्का

    चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन्।  

    भेटिएका शवमध्ये सातवटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । 

    हराइरहेकाहरुको शव नारायणी नदीमा बगेर भारत पुगेको आशङ्का गरिएको छ ।  सुरक्षाकर्मीहरूले शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही यात्रुका कपडा मात्रै फेला पारेका थिए।

    अँध्यारो भएपछि खोजी कार्य गर्न नसकिने भन्दै शुक्रवार साँझ रोकिएको अभियान शनिवार बिहान सुरु भएको थियो। शनिवार सुरक्षाकर्मीहरूले तीन जनाको शव फेला पारे। आइतवार खोजीको क्रममा थप तीन शव फेला परे।

    सोमवार बिहानसम्म कुल ११ वटा शव फेला परेका छन्। तीमध्ये दुइटा शव नेपाली सीमा पार गरेर गण्डक नहरको भारततर्फको क्षेत्रमा पुगेको पाइएको अधिकारीहरूले जानकारी दिए।

    हाल फेला परिरहेका शवहरू दुर्घटनास्थलभन्दा निकै तल पर्ने क्षेत्रहरूमा पनि पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # त्रिशूली बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस