बझाङ । बझाङमा यर्सागुम्बा र चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका–१ घर भई हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्ने ४८ वर्षीय लोकबहादुर बोहरा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहराले संञ्चालन गरेको खुद्रा पसलमा खानतलाशी गर्दा कपडाको थैली भित्र लुकाई राखेको प्लाष्टिक डिब्बासहितको तौल ९३९ ग्राम यर्सागुम्बा र ६ ग्राम चरेश फेला पारि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
यर्सागुम्बा र चरेशसहित बोहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।
.gif)