महेन्द्रनगर । मिलियन च्यालेन्ज कर्पाेरेसन एमसीसी सांसदबाट अनुमोदन भएपछि कञ्चनपुरमा पनि त्यसको विरोध मत्थर हुँदै गएको छ । गत आइतबार मात्रै सङ्घीय संसद्को प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । तर एमसीसी परियोजना वास्तवमै राष्ट्रघाती र जनताको हित विपरीत नरहेको बुझिएको कञ्चनपुरका विद्यार्थी नेताहरूको तर्क छ । कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ कञ्चनपुरले एमसीसी परियोजनाले मुलुकको विकासका लागी आवश्यक फड्को मार्ने अपेक्षा गरिएको जनाएको छ ।
नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले उच्च स्तरीय नेताहरूले सकारात्मक धारणा राखेकाले पनि यस परियोजनालाई गलत भन्नु अनुपयुक्त रहेको बताए । विगतमा एमसीसीको विरोधमा आन्दोलन गरिएता पनि अब भने ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन भएपछि यो स्वागत योग्य कुरा हुन जाने उनी बताउँछन् । नेविसंघले खुलेरै एमसीसीको स्वागत गर्न नसकिएपनी अवस्था शान्त हँुदैगए दीप प्रज्वलन गरिने जनाएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संघठन अनेरास्वयू कञ्चनपुरले पनि एमसीसी परियोजना लागु हुनुमा गठबन्धनको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ । एस निकट अनेरास्वयूका जिल्ला अध्यक्ष रमेश पन्तले १२ बुँदे व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएकाले पनि उक्त विषय स्वागत योग्य नै रहेको जनाएका छन् । उनले भने,–‘ केहि दिन अघि भर्चुअल माध्यमबाट भएको मिटिङले एमसीसीको विषय वास्तवमै गलत भन्ने नरहेको निष्कर्ष निकालेपछि यसको स्वागतका लागी आफुहरुपनी तयार छौँ।’
उनले अवस्था शान्त र आम जनमानसमा यसको वास्तविकता बुझिँदै गए महेन्द्रनगरमा प्रज्वलन सहित स्वागत गरिने जनाए ।
तर अधिकासं नेताहरूले भने एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै विरोध गरिने जनाएका छन् । नेविसंघका नेता नागेश प्रसाद पन्तले उक्त परियोजना मुलुकका लागी कुनैपनी हालतमा उपयुक्त नभएको बताए । यसको सबैले विरोध गर्नुपर्ने उनले बताए ।
.gif)