शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

जब बझाङबाट काठमाण्डौं जाँदै गरेको यात्रु बसमाथी पहिरो खस्यो...


पश्चिम प्रेस
शुक्रबार, साउन ४ २०८१
  • 734
    Shares

  • images
    images
    जब बझाङबाट काठमाण्डौं जाँदै गरेको यात्रु बसमाथी पहिरो खस्यो...

    बझाङ । बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ गइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।

    शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । पछाडि रहेको बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खस्दा बसको पछाडीतर्फ लागेको हो ।

    पहिरोले बसको पछिल्लो भागलाई भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।

    यस्ते घटना अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका–२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।


    प्रतिक्रिया दिनुहोस