सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुरक्षा गार्डको भरमा नाष्टको कार्यालय


पश्चिम प्रेस
आइतबार, साउन ६ २०८१
  • 491
    Shares

  • images
    images
    सुरक्षा गार्डको भरमा नाष्टको कार्यालय

    महेन्द्रनगर ।  महेन्द्रनगर स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को शाखा कार्यालय छ वर्षदेखि सुरक्षा गार्डको भरमा चलिरहेको छ ।

     २०७४ सालमा जडीबुटी अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा स्थापना भएको कार्यालयमा हालसम्म कुनै गतिविधि सञ्चालन हुन सकेको छैन । स्थापनाकाल देखी नै सुरक्षा गार्डले कार्यालय खोल्ने र रेखदेख गर्ने बाहेक अन्य कामकाज हसन सकेको छैन । त्यतिबेलै राखिएका उपकरण तथा परीक्षणमा प्रयोग हुने सामग्री समेत बिग्रिन थालेका छन । सुदूरपश्चिम क्षेत्रका जडीबुटीको अध्ययन गर्ने उद्देश्यले स्थापना भएको शाखा कार्यालय अहिले आफै बेवारिसे जस्तै बनेको छ । कार्यालयका सुरक्षा गार्ड प्रेमसिंह ठगुन्नाले कार्यालय स्थापना भएपछि कुनै कर्मचारी नआएको बताए ।

    “कार्यालयको रेखदेख मैले गर्ने गरेको छु अन्य कर्मचारी नहुँदा कामकाज केहि हुन सकेको छैन ।” ठगुन्नालो भने–“कार्यालय स्थापना भएदेखि नै कर्मचारी नहुँदा समस्या भएको होे केहि दिनमा कर्मचारी आउने जानकारी आएको छ ।” कार्यालय सञ्चालन हुन नसक्दा यहाँको अध्ययन अनुसन्धानका कार्य समेत अघि बढ्न सकेका छैनन । 

    सुदूरपश्चिम विश्वविद्यालयका विज्ञान प्रविधि संकायका डीन भवानी चन्दले नाष्टको उक्त कार्यालय सञ्चालनमा आए विश्वविद्यालयलाई समेत फाइदा पुग्ने बताए । “यहाँको जडीबुटीहरुको अध्ययन अनुसन्धानका लागि कार्यालयको स्थापना भएको हो ।” उनले भने–“उक्त कार्यालय सञ्चालनमा आए विश्वविद्यालयलाई पनि अध्ययन अनुसन्धानमा ठुलो सहयोग पुग्छ ।” उनले विश्वविद्यालयका अनुसन्धानकर्ताले सहज रुपमा ल्यावको प्रयोग गर्न पाउने बताए । “कर्मचारी नियुक्त भएर आउने तयारीमा छन भन्ने सुनेको छु ।” उनले भने –“उक्त कार्यालय सञ्चालन गरेर यहाँको अनुसन्धानको केन्द्र बन्नु पर्छ ।” यहाँका स्थानीयले भने यथाशिघ्र कार्यालय सञ्चालन गर्नुपर्ने बताउँछन । 

    भाडामा मात्रै कार्यालयको लाखौ खर्च हुन थालेपछि जिल्ला समन्वय समितिले कञ्चनपुरले सरकारी घर उपलब्ध गराएको छ । समितिले उक्त घर २०८२ सम्मका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ । तर २०७४ सालमै स्थापना भएर बेवारिसे रहेको कार्यालय सञ्चालनका विषयमा भने नास्टको ध्यान पुग्न सकेको छैन ।


  • सम्बन्धित विषय:

  • # नाष्ट
  • प्रतिक्रिया दिनुहोस