शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूर पहाडी जिल्लामा भारी वर्षा, महाकाली किनारका बस्तीमा हाई अलर्ट


पश्चिम प्रेस
आइतबार, साउन ६ २०८१
  • 1.1K
    Shares

  • images
    images
    सुदूर पहाडी जिल्लामा भारी वर्षा, महाकाली किनारका बस्तीमा हाई अलर्ट

    महेन्द्रनगर । आज (आइतबार) राती सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भारी वर्षाले महाकालीको जल स्तर बढ्ने हुँदा आसपासका बस्तीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । 

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका आइतबार बेलुका एक सूचना जारी गर्दे सतर्कता अपनाउन आग्रह गरेको हो । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेल्धुरा र बैतडीमा भारी वर्षा भई महाकालीको जल स्तर बढ्नुका साथै ब्रह्मदेव बजारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो । 

    साथै भीमदत्त नगरपालिका वडा नं. ३, ७, ९, ११, १२, १३ का बासिन्दालाई समेत सतर्क रहन आग्रह गरेको हो । 

    452315739_8430909210265926_4735175975098817786_n.jpg


  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस