सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

झुन्डिएको अवस्थामा भेटिइन् २१ वर्षीया सरस्वती


पश्चिम प्रेस
सोमबार, साउन ७ २०८१
  • 583
    Shares

  • images
    images
    झुन्डिएको अवस्थामा भेटिइन् २१ वर्षीया सरस्वती

    बैतडी । बैतडीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका–७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट हिजो (आइतबार) मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्ट आफ्नै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    मृतक भट्ट मणिलेक माविमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । शवको हिजै पोष्टमाटम गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।


  • सम्बन्धित विषय:

  • # झुन्डिएको अवस्थामा
  • प्रतिक्रिया दिनुहोस