मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

साढे २ मिनेट मै सकियो सुदूरपश्चिमको विशेष अधिवेशन


पश्चिम प्रेस
मंगलबार, साउन ८ २०८१
  • 605
    Shares

  • images
    images
    साढे २ मिनेट मै सकियो सुदूरपश्चिमको विशेष अधिवेशन

    महेन्द्रनगर ।  सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन विषयवस्तु नभएपछि साढे दुई मिनेट बसेर सकिएको छ । सभामुख भिम भण्डारीले बैठकमा प्रदेश प्रमुखको  कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै स्थगित गरेका हुन् ।

    प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेको बैठकमा मुख्यमन्त्रीको उपस्थिति नभएपछि नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले आक्रोश पाखेका छन् ।

    सरकारले २९ असारमा प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो तर, प्रदेश प्रमुखले पाँच दिनपछि ३ साउनमा अधिवेशन आह्वानसम्बन्धी सिफारिस कार्यान्वयन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # विशेष अधिवेशन
  • प्रतिक्रिया दिनुहोस