शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन व्यवसायीको माग


पश्चिम प्रेस
आइतबार, साउन १३ २०८१
  • 422
    Shares

  • images
    images
    गड्डाचौकी नाकामा आवागमन सहज बनाउन व्यवसायीको माग

    काठमाडौँ ।  गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् । 

    उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नाकामा जाँचका नाममा हुने सास्तीले पर्यटक आउन छाडेको बताए । “पाँच किलोमिटरको दूरीमा नौ स्थानमा जाँच हुन्छ यसले यो नाकाबाट आउन पर्यटकलाई असहज भएको छ,” उनले भने ।

    नाकामा हुने अनावश्यक जाँचले गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको होटल व्यवसायी बताउँछन् । नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ  ुनाकामा पर्यटकलाई सहज रूपमा आवतजावतको वातावरण सिर्जना हुनुपर्छ ।” होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले भन्नुभयो, “सरकारले एकीकृत सुरक्षा जाँच गरेर नाकामा सहज आवागमनको व्यवस्था गर्नुुपर्छ ।”

    सुरक्षा निकायले भने सीमा नाकामा हुने जाँचका कारण कुनै समस्या नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले सुरक्षा, लागुऔषध कारोबार नियन्त्रणलगायत अपराध नियन्त्रण गर्न नाकामा जाँच गर्ने बताउनुभयो । ुप्रहरीको जाँचले कसैलाई पनि बाधा पुगेको छैनु, उनले भने, “नाकाबाट अवैध रूपमा आउने सामान नियन्त्रण गर्न प्रहरी सक्रिय भएर छ, विगतको तुलनामा राजस्व वृद्धि भएको छ ।”

    सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नाकामा एकीकृत सुरक्षा जाँच हुनुपर्ने बताए । “नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा नौ ठाउँमा जाँच गर्छन्”, रावलले भन्नुभयो, “अनावश्यक दुःख दिने किसिमले पाँच किलोमिटरको दूरीमा नौ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन ।”

     

     


  • सम्बन्धित विषय:

  • # गड्डाचौकी नाका
  • प्रतिक्रिया दिनुहोस