मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 378
    Shares

  • images
    images
    पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध

    बाजुरा । लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे(मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ । 

    एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ । उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको  सतह निरन्तर बढेको तथा बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस