शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आज कहाँ-कहाँ छ बाढीको जोखिम ?


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 280
    Shares

  • images
    images
    आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

    काठमाडौ ।  आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

    आज काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

    साथै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली, चितवन, कास्की, पर्वत, दाङ, बाँके, बर्दिया, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।


  • सम्बन्धित विषय:

  • # बाढी
  • प्रतिक्रिया दिनुहोस