सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दोधरा चाँदनीमा बुधवार दिउँसै देखिएको थियो बाघ


पश्चिम प्रेस
बिहीबार , साउन १७ २०८१
  • 980
    Shares

  • images
    images
    दोधरा चाँदनीमा बुधवार दिउँसै देखिएको थियो बाघ

    महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो। 

    सोही ठाउँमा बुधवार पनि बाघ देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बेलुका बस्ती नजिकै देखिएको बाघ उखुबारीमा छिरेको थियो । वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत खेतबाट उखुबारीमा पसेको बाघ नदेखिएपछी खोजी गर्ने टोलि फिर्ता भएको थियो त्यसको भोलीपल्ट (बिहीवार) बिहान घाँस काट्ने बेला  २३ वर्षीया युवतीलाई बाघले झम्टियो। सोही क्रममा उनको मृत्यु भएको छ । 


  • सम्बन्धित विषय:

  • # बाघ
  • प्रतिक्रिया दिनुहोस