सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परिन् बैतडीकी बिमला


पश्चिम प्रेस
शनिबार, साउन १९ २०८१
  • 12.8K
    Shares

  • images
    images
    सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परिन् बैतडीकी बिमला

    बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको पाटन नगरपालिका १० की १९ बर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

    घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो बिमलाको शव फेला परेको प्रहरीले बताएको छ ।  

    घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस