सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भारत जान्छु भनेर बेपत्ता भएका रतोकी जब ६४ वर्षपछि भेटिए...


पश्चिम प्रेस
शनिबार, साउन १९ २०८१
  • 910
    Shares

  • images
    images
    भारत जान्छु भनेर बेपत्ता भएका रतोकी जब ६४ वर्षपछि भेटिए...

    बैतडी । बैतडीका एक जना बेपत्ता भएको ६४ बर्षपछि फेला परेका छन्।

    जिल्लाको पुर्चौंडी नगरपालिका ७ का नरसिंह रतोकी बेपत्ता भएको ६४ बर्षपछि फेला परेका हुन्। १७ बर्षको उमेरमा घरबाट भारत जान्छु भनि हिँडेका नरसिंह उतैबाट बेपत्ता भएका थिए। ८१ बर्षीय रतोकी बिहिवारमात्रै फेला परेको उनका भतिजा वीरेन्द्र रतोकीले बताए।

    ६४ बर्षदेखि बेपत्ता रहेका उनको बेवारिसे अवस्थामा मेलौली नगरपालिका–५ को सिरोडा जंगलबाट बिहिवार इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको टोलीले उद्धार गरेको थियो। स्थानीय जंगलमा बेवारिसे अवस्थामा फेला परेका रतोकीको मेलौलीका स्थानीय समाजसेवी र प्रहरीको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ।

    घरका सदस्यहरुले नरसिंह घर फर्किनेमा विश्वस्त नरेहेको र एक्कासी मेलौलीमा प्रहीले बेवारीसे अवस्थामा भेटिएका भनिएका व्याक्तिको विवरण र तस्बिर हेर्दा पहिचान भएको वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्रबहादुर बमले जानकारी दिएका छन् । 


  • सम्बन्धित विषय:

  • # बेपत्ता
  • प्रतिक्रिया दिनुहोस