कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवको मृत्यु भएको छ।
बैतडीको सुर्नाया गाउँपालिका–४ घर भएका अन्दाजी २४ वर्षीय राजेश साउँदको मृत्यु भएको हो। शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।
.gif)