मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुलामा मकरिगाडमा बगेर ४२ वर्षीय धामी बेपत्ता


पश्चिम प्रेस
आइतबार, साउन २० २०८१
  • 477
    Shares

  • images
    images
    दार्चुलामा मकरिगाडमा बगेर ४२ वर्षीय धामी बेपत्ता

    दार्चुला । दार्चुलामा मकरिगाड खोलामा बगेर एक जना बेपत्ता भएका छन् । जिल्लाको अपिहिमाल गाउँपालिका–३ का अन्दाजी ४२ वर्षीय मोहन सिह धामी मकरिगाड खोलामा बगेर बेपत्ता भएका प्रहरीले बताएको छ ।

    आइतबार अपिहिमाल–५ स्थित मकरिगाड खोला तरेर वडा नम्बर ४ खण्डेश्वरीतर्फ गइरहेका उनी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता धामीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस