मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भिरबाट खसेको ढुंगा लागेर बैतडीकी जुनकीरीको मृत्यु


पश्चिम प्रेस
सोमबार, साउन २१ २०८१
  • 490
    Shares

  • images
    images
    भिरबाट खसेको ढुंगा लागेर बैतडीकी जुनकीरीको मृत्यु

    बैतडी । भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो। 

    आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भिरबाट खसेको ढुंगा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताए। मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्।  


  • सम्बन्धित विषय:

  • # ढुंगा लागेर
  • प्रतिक्रिया दिनुहोस