मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

काभा महिला भलिबल : आज नेपाल र माल्दिभ्स भिड्दै


पश्चिम प्रेस
सोमबार, साउन २१ २०८१
  • 456
    Shares

  • images
    images
    काभा महिला भलिबल : आज नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडौँ । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । 

    नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ । सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ । 

    शीर्ष स्थानमा रहने टिमले चौथो स्थानको टिमसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् । आजको खेल भारतले जितेको खण्डमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ भने भात पराजित भएको खण्डमा समीकरणमा फेरबदल हुन सक्नेछ । 

    खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ ।


  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल
  • प्रतिक्रिया दिनुहोस