बैतडी । बैतडीमा पहिरो गएर दुई घर भत्किएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् ।
चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीयले बताएका छन् । घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । पहिरोबाट मानवीय तथा पशुमा क्षति भने नभएको बताइएको छ ।
.gif)