आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

आफनो पदच्युतमा अमेरिकाको हात रहेको हसिनाको आरोप


पश्चिम प्रेस
आइतबार, साउन २७ २०८१
  • 443
    Shares

  • images
    images
    आफनो पदच्युतमा अमेरिकाको हात रहेको हसिनाको आरोप

    काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् ।

    हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हाल भारतमा शरणार्थी जीवन जिइरहेकी हसिनाले पहिलो पटक मुख खोलेकी हुन् ।

    शेख हसिनाले आफ्नो सन्देशमा बंगलादेशी नागरिकहरूलाई कट्टरपन्थीहरूबाट भ्रममा नपर्न चेतावनी दिएकी छन्। आफ्ना नजिकका सहयोगीहरू मार्फत पठाइएको र इटीलाई उपलब्ध गराइएको सन्देशमा शेख हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएँ। उनीहरू विद्यार्थीहरूको शवमाथि सत्तामा आउन चाहन्थे तर मैले यो हुन नदिई प्रधानमन्त्री पदबाट राजीनामा दिएँ ।’

    पूर्वप्रधानमन्त्रीले हसिनाले उनको शब्दलाई तोडफोड गरेको पनि आरोप लगाइन् । 'म मेरा युवा विद्यार्थीहरूलाई दोहोर्‍याउन चाहन्छु, मैले तपाईंहरूलाई 'रजाकार' भनिनँ । मेरा शब्दहरू तोडमोड गरियो' उनले भनेकी छन् । 'रजाकार' शब्दलाई बंगलादेशमा देशद्रोहीकै रुपमा अपमानजनक मानिन्छ । बंगलादेशको स्वतन्त्रताको लागि १९७१ को युद्धमा पाकिस्तानी सेनासँग सहकार्य गर्ने 'स्वयंसेवक' हरूलाई 'रजाकार' को रुपमा आरोपित गरिन्छ ।


  • सम्बन्धित विषय:

  • # हसिनाको आरोप
  • प्रतिक्रिया दिनुहोस