आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

बिहारको बाबा सिद्धेश्वरनाथमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ३५ घाइते


पश्चिम प्रेस
सोमबार, साउन २८ २०८१
  • 622
    Shares

  • images
    images
    बिहारको बाबा सिद्धेश्वरनाथमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ३५ घाइते

     बिहार । भारत बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा गएराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । भागदौडमा ३५ श्रद्धालु घाइते भएका छन् ।

    जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव लगिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ । जेहानाबादका प्रहरीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ ।

    साउन महिनामा यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार गएराति देखि नै धेरै मानिस पूजा गर्न आएका थिए ।


  • सम्बन्धित विषय:

  • # बिहार
  • प्रतिक्रिया दिनुहोस