महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० गते विश्वासको मत लिन लागेका हुन ।
सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् ।
.gif)