महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक ऐन विपरीत कर संकलन गरेको विषयमा चौतर्फी विरोध भएको छ । पालिकाले अन्य पालिकाबाट उत्पादन भएर भीमदत्त नगरपालिका–४ स्थित शब्जी मण्डीमा आउने तरकारीमा कर उठाउने गरेपछि विरोध भएको हो ।
सोही क्रममा अवैध कर नतिर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतले अपिल गरेको छ । आज (सोमवार) एक विज्ञप्ती जारी गर्दै स्थानीय बजारमा तरकारी फलफूल व्यापार गर्न पनि प्रति के। जी ३० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था तत्काल रोक्न र भीनपा र राखि कन्ट्रक्सन प्रा।लि बिच भएको सम्झौता खारेज गर्न माग गरेको छ । मागको वेवास्ता गरे जनताले गर्ने जनसंघर्षको सामना गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस सम्बन्धमा पश्चिम प्रेसले भिडियो सहितको समाचार रिपोर्ट तयार पारेको थियो । समाचार प्रकाशित पछि नगरपालिकाको चर्को आलोचना भैरहेको छ ।
भिडियो सामग्री
.gif)