सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कैलालीको गोदावरीमा झुण्डिएको अवस्थामा बालकको शव फेला


पश्चिम प्रेस
मंगलबार, साउन २९ २०८१
  • 1.5K
    Shares

  • images
    images
    कैलालीको गोदावरीमा झुण्डिएको अवस्थामा बालकको शव फेला

    कैलाली । कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताए। दश वर्षीय अबोध बालक झुण्डिएको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

    मृत बालकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।


    प्रतिक्रिया दिनुहोस