बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

ग्वाल्लेक नागार्जुन समाजले महेन्द्रनगरमा बृहत् डेउडा कार्यक्रम आयोजना गर्दै


पश्चिम प्रेस
मंगलबार, साउन २९ २०८१
  • 1.7K
    Shares

  • images
    images
    ग्वाल्लेक नागार्जुन समाजले महेन्द्रनगरमा बृहत् डेउडा कार्यक्रम आयोजना गर्दै

    महेन्द्रनगर । गोःरा पर्वको अवसरमा ग्वाल्लेक नागार्जुन समाजले महेन्द्रनगरमा बृहत् डेउडा कार्यक्रम आयोजना गर्ने भएको छ । 

    मानसखण्डिय सभ्यता र सुदूरपश्चिमको लोकसंस्कृति जगेर्ना गर्न लोकसंस्कृति भित्रको मौलिकता संरक्षणका क्षेत्रमा एउटा सानो ईंटा थप्न सकिन्छ भन्ने उद्देश्यले ग्वाल्लेक नागार्जुन समाज कञ्चनपुरले यही २०८१ भाद्र  ११ गतेदेखि  शिवधाम क्षेत्र महेन्द्रनगरमा बृहत् डेउडा कार्यक्रमको आयोजना गर्ने भएको हो ।  

    गाेःरा पर्वकाे अवसर पारी डेउडा सञ्चालन गर्न शिवधाम क्षेत्र विकास समितिले समाजलाई डेउडा खेल्ने थलाे उपलब्ध गराएकाे कुरा समाजका अध्यक्ष परमानन्द जाेशीले जानकारी गराएका छन् । वि.सं. २०८० सालको डेउडा कार्यक्रम शिवधाम क्षेत्रमा भव्यरुपमा सुसम्पन्न गरिसकेको समाजले यस वर्ष पनि सभ्य र भव्य रुपमा सुसम्पन्न पार्न एक सय एघार सदस्यीय मूल आयाेजक समिति निर्माण गरेको कुरा समाजका संस्कृति समिति संयाेजक बिसनदत्त जाेशीले बताउनु भयाे । 

    गाैरा पर्व २०८१ काे अवसरमा भाद्र ११ गतेदेखि डेउडा, ढुस्काे, धमारी संचालन गरिने र कार्यक्रममा सुदूरपश्चिम भरिमै चर्चित डेउडिया रामदत्त जाेशी ( बर्ताेलाे जाेशी ) मूख्य आकर्षक रहने कुरा समेत बताए ।


  • सम्बन्धित विषय:

  • # डेउडा कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस