धनगढी । अत्तरिया धनगढी ६ लेन सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ ।
६ लेन सडक अन्तरगत धनगढीको बोराडाँडीमा धनगढी तर्फ गइरहेको सु.प्र.प.०१–०१ ख २७८१ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेको से.७ प. ६०८३ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक समिर चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक दिपक बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
.gif)