शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको आग्रह


पश्चिम प्रेस
बिहीबार , साउन ३१ २०८१
  • 462
    Shares

  • images
    images
    विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको आग्रह

    काठमाण्डौं  ।  गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन् ।

    सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कताबिचको गहिरिदै गएको सम्वन्धका बारेमा चर्चा भएको छ । भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरेका छन् ।

    त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे।

    सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतार बिच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए। त्यसैगरी राजदूत अलान्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए।


  • सम्बन्धित विषय:

  • # इजरायलमा बेपत्ता विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस