सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनगढीबाट दिपायलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते


पश्चिम प्रेस
शुक्रबार, साउन ३२ २०८१
  • 713
    Shares

  • images
    images
    धनगढीबाट दिपायलतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

    काठमाडौँ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    धनगढीबाट दिपायलतर्फ गइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।


    प्रतिक्रिया दिनुहोस