कैलाली । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार राति जिल्लाको कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से६प ३३३१ नम्बरको मोटरसाइकलले कैलारी–२ बस्ने पैदलयात्री ५५ वर्षकी पार्वती चौधरीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक कैलारी–७ बस्ने ४० वर्षका हरीप्रसाद चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
.gif)