महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीले चरेस बरामद गरेको छ।
लागुऔषध व्युरो शाखा कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चरेस बरामद गरेको हो। शनिबार बिहान ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।
साथै उनीहरूबाट २ थान मोबाइल समेत बरामद गरिएको छ। भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्। दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।
.gif)