सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बडिमालिकामा भक्तजनको घुइँचो


पश्चिम प्रेस
आइतबार, भदौ २ २०८१
  • 1.2K
    Shares

  • images
    images
    बडिमालिकामा भक्तजनको घुइँचो

    बाजुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा भक्तजनको घुइँचो लागेको छ ।  हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी अर्थात जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ । 

    समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिकामा चलिरहेको पुजाआजामा हजारौंको संख्यामा भक्तजनको घुइँचो रहेको छ । त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले आफूले इच्छाएका सबै मनोकांक्षा पूरा हुने जनविश्वास हिन्दुू धर्मावलम्बीमा रहिआएको छ ।

    भक्तजनहरू आइतबार बिहान बडिमालिका पुजाआजा सकेर फर्किने छन् । बडिमालिकाबाट फर्केर उनीहरू आइतबार साँझ त्रिबेणी नगरपालिकाको नाटेश्वरी पुग्ने छन् । बडिमालिका दर्शन गरिसकेपछि नाटेश्वरी भगवतीको दर्शन गर्नुपुर्न धार्मिक मान्यता रहिआएको छ । रक्षाबन्धनका दिन नाटेश्वरीमा पूजाआजा गरिसकेपछि तीर्थालु आ–आफ्ना गन्तव्यतर्फ फर्किने प्रचलन रहिआएको छ । 


    प्रतिक्रिया दिनुहोस