मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

होली फेम्लीका १४ जना विद्यार्थीको नतिजाको जिम्मेवारी लिइ समस्या समाधान गर्न अनेरास्ववियु क्रान्तिकारीको माग


पश्चिम प्रेस
मंगलबार, भदौ ४ २०८१
  • 2.0K
    Shares

  • images
    images
    होली फेम्लीका १४ जना विद्यार्थीको नतिजाको जिम्मेवारी लिइ समस्या समाधान गर्न अनेरास्ववियु क्रान्तिकारीको माग

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित होली फेम्ली इङ्गलीस मिडियम स्कुलका कक्षा १२ का १४ जना विद्यार्थीको नतिजाको जिम्मेवारी विद्यालयले लिइ समस्या समाधान गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले माग गरेको छ ।

    अनेरास्ववियुका सुदूरपश्चिम ईन्चार्ज सुरेन्द्र धानुकले मङ्गलवार एक विज्ञप्ती जारी गर्दै विद्यालयले सम्पुर्ण विद्यार्थीको नतिजाको जिम्मेवारी लिइ समस्या समाधान गर्न माग गरेको हो । विज्ञप्तीमा विद्यार्थी र अभिभावकलाई लुटेर अझ विद्यार्थीहरुको भविष्य बर्बाद गर्ने होली फेमिली बोर्डिङ स्कुलले ती १४ जना विद्यार्थीहरुको नतिजाको जिम्मेवारी लिई तत्काल समस्या समाधान गर्न जोडदार माग गरिएको उल्लेख गरिएको छ। 

    यस्तै तत्काल समस्या समाधान नगरे आफु्हरु होली फेमिली बोर्डिङ स्कुल माथि कार्वाही गर्न बाध्य हुने बताइएको छ । 

    8bd9c465-47f5-4b57-98fd-eecb75313bb6.jfif


  • सम्बन्धित विषय:

  • # होली फेम्ली
  • प्रतिक्रिया दिनुहोस