शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लगातारको वर्षाले कैलालीका सयभन्दा बढी घर डुबानमा


पश्चिम प्रेस
बुधबार, भदौ ५ २०८१
  • 733
    Shares

  • images
    images
    लगातारको वर्षाले कैलालीका सयभन्दा बढी घर डुबानमा

    कैलाली ।  अविरल वर्षाका कारण कैलालीका केही बस्ती जलमग्न भएका छन्। 

    जिल्लाको कैलारी गाउँपालिकामा सयभन्दा बढी घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

    उनका अनुसार कैलारी गाउँपालिका(५, को बस्ती डुबानमा पर्दा उद्धार गरेर १० जनालाई वडा कार्यालयमा राखिएको छ।

    घरभित्र पानी पसेपछि त्यहाँका एक सय १६ परिवार प्रभावित भएका छन्। कैलालीको गौरीगंगा नगरपालिकाका विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। डुबानले विस्थापित त्यहाँका ४ जना आफन्तकहाँ आश्रय लिएर बसेका छन्।


    प्रतिक्रिया दिनुहोस