शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा जिप दुर्घटना : दुई जना घाइते


पश्चिम प्रेस
बुधबार, भदौ ५ २०८१
  • 798
    Shares

  • images
    images
    दार्चुलामा जिप दुर्घटना : दुई जना घाइते

    दार्चुला । दार्चुलामा बोलेरो जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट सडकमा बुधबार दिउँसो करिब साढे २ बजे तिर जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    दुर्घटनामा परेको म १ ज २३९ नम्बरको बोलेरो जिपमा ६ जना यात्रु सवार थिए। प्रहरीका अनुसार चालक सुरेशसिंह धामीले चलाएको उक्त जिपमा सवार छ जना यात्रुमध्ये दुई जना घाइते छन्।

    घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ घौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र सोही ठाउँका ५० वर्षीय कम्मानसिंह भाट रहेका छन् । रैखोलाको कम्मरमा सामान्य चोट र भाटको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस