फुटबल स्टार क्रिस्टियानो रोनाल्डनोले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दैँ १३ मिलियनभन्दा बढि सब्सक्राइबर कमाइ सकेका छन् ।
विगत १५ घण्टामा रोनाल्डोको च्यानलले १३.६ मिलियन सब्सक्राइबर कमाइसकेको छ । आफ्नो च्यानल लन्च गरेको केवल १ घण्टा २९ मिनेटमा नै १ मिलियन सब्सक्राइबर जोड्न सफल भएको रोनाल्डोको च्यानल सबैभन्दा छिटो १ मिलियन पुग्ने च्यानल पनि बन्न सफल भएको हो । तर, उनको च्यानलमा सब्सक्राइबर ताँती लागेको छ ।
‘यूआर क्रिस्टियानो’ (UR Cristiano) नामले अगस्ट २१ मा लन्च गरिएको च्यानलले मिलियन मानिसलाई आकर्षित गर्न सफल भइरहेको छ ।
करिब ६ घण्टाअगाडि उनले आफ्नो च्यानलले पाएको गोल्डन प्ले बटनको भिडिओ पनि अपलोड गरिसकेका छन् । उनले आफ्नो च्यानलको गोल्डन बटन आफ्नो बच्चाहरुलाई समर्पित गरेका छन्
उनको च्यानलमा विगत १५ घण्टामा कुल १२ भिडिओ पोष्ट भएका छन् । युट्युब स्टर्समा भने उनको च्यानलमा ७ भिडियो अपलोड भएका छन् । पहिलो भिडिओमा ७.१ मिलियन भ्यूज छ ।
उनको सब्सक्राइबर तीव्र रुपमा बढ्ने क्रम जारी नै छ ।
.gif)