महेन्द्रनगर । असार तेस्रो साताको बाढी र डुबानले कञ्चनपुरमा डेढ अर्बको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार भौतिक पूर्वाधार,कृषि वाली,उद्योग तथा पशुमा गरेर जिल्लाभर एक अर्ब ५७ करोड दश लाख २१ हजार चार सय २९ मुल्य बरावरको क्षति भएको जनाएको छ । “बाढी र डुबानबाट भएको क्षतिको आकलन र मुल्याङ्क गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेरलले भने–“भौतिक पूर्वाधार,कृषि वाली र पशुमा डेढ अर्ब बढीको क्षति भएको छ ।”
जिल्ला प्रकाशसन कार्यालयको तथ्याङ्क अनुसार कृर्षि वालीमा ६५ करोड चालिस लाख ८३ हजार पाँच सय ४६ मुल्य वरावरको क्षति पुगेको छ । त्यसैगरि महाकाली सिचाँइ व्यवस्थापन कार्यालयको २९ करोड २२ लाख,महाकाली सिचाँइ तेस्रो चरणको दुई करोड ३२ लाख ५२ हजार नौ सय,सडक डिभिजन कार्यालयको तीन करोड ८८ लाख ७० हजार,पूर्वाधार विकास कार्यालयको सात करोड १९ लाख ७५ हजार मुल्य वरावरको क्षति भएको छ । जलस्रोत तथा सिचाँइ विकास डिभिजन कार्यालयको २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार ९८३,घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार,कृर्षि ज्ञान केन्द्रको ६५ करो्ड चालिस लाख ८३ हजार पाँच सय ४६ मुल्यको क्षति भएको छ । त्यसैगरि पशुमा एक करोड २३ लाख ९१ हजार गरि जम्मा एक अर्ब ६७ करोड दश लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ । “अझै पनि बाढी र डुबानको सम्भावना रहेकाले हामीले विपदपूर्व तयारीमा सर्तक छौ ।” निमित्त प्रजिअ पोखरेलले भने–“विपद भइसकेपछि तत्काल उद्धारका लागि हाम्रा सबै संयन्त्र तयारी अवस्थामा छन ।” बाढीका कारण कञ्चनपुरमा चार जनाको मृत्यु समेत भएको थियो ।
असार २३ र २४ गतेको कञ्चनपुरमा मौषम पूर्वानुमान महाशाखाले नेपालमा हालसम्मकै रेकर्ड वर्षा मापन गरेको थियो । अति भारी वर्षासँगै आएको बाढी–पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको थियो । असार २३–२४ गते कञ्चनपुरमा २४ घण्टाको अवधिमा दोधारामा ६२४, हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा रेकर्ड भएको थियोे । यो वि.सं.२००३ (सन् १९४७) देखि विभागलाई उपलब्ध तथ्यांकको सबैभन्दा बढी वर्षाको रेकर्ड हो । वर्षाको स्थलगत अध्ययन गर्न कञ्चनपुर पुगेको विभागको मौषमविदको टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ हाल सम्मकै उच्च वर्षा भएको निकर्ष निकालेको थियो ।
.gif)