शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

केदारनाथ नजिकै पहिरोमा परी चार नेपालीको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, भदौ ७ २०८१
  • 923
    Shares

  • images
    images
    केदारनाथ नजिकै पहिरोमा परी चार नेपालीको मृत्यु

    उत्तराखण्ड । भारत उत्तराखण्डको केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ । बिहीबार राति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको रुद्रप्रयाग प्रहरीले जनाएको छ । 

    रुद्रप्रयाग प्रहरीले पहिरोमा परी ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्य हुनेमा तुल बहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहोरा भएको प्रहरीले जनाएको छ । उनीहरुको पुर्ण विवरण भने अझै खुलिसकेको छैन । पहिरोमा पुरिएका चारैजनाको शव निकालिएको छ । उनीहरुको शव रुद्रप्रयाग अस्पतालमा पुर्‍याइएको छ ।

    दिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर उमा चर्तुवेदीका अनुसार बद्रीनाथनबाट केदारनाथ जाने बाटोमा फाटा भन्ने स्थानमा उक्त घटना भएको हो । घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्छ । 


  • सम्बन्धित विषय:

  • # पहिरो
  • # नेपालीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस