बाँके । बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको र कम्तीमा २५ जना घाइते भएकोजिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बिहीवार बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।
घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
.gif)