महेन्द्रनगर । यस वर्षको उत्कृष्ट ककालु डेउडिया सम्मान दोधरा चादनी ५ कञ्चनपुरका गोबिन्ददत्त पन्त लाई प्रदान गरिएको छ। ककालु मार्ट महेन्द्रनगरका सञ्चालक जितेन्द्र चन्दद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि नगद पुरस्कार रू ५००० सहित प्रदान गरिन थालिएको उक्त सम्मान संस्कृति संरक्षणमा टेवा पुर्याउने उद्देश्यले स्थापित गरिएको छ।
यस वर्षको गौरापर्वको अवसरमा ग्वाल्लेक नागार्जुन समाजद्वारा आयोजित डेउडा समापन कार्यक्रममा समन्वयकर्ता गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझा तथा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गादत्त बोहराले संयुक्त रूपमा पन्तलाई सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका छन्। उक्त पुरस्कार तथा सम्मानबाट गतवर्ष बरिष्ठ गिदारा रामदत्त जोशी "वर्तोला जोशी" बैतडी लाई सम्मानित गरिएको थियो।
सुदूर पश्चिममा डेउडा तथा संस्कृति संरक्षणमा योगदान पुर्याउने थप एक जनालाई समेत सम्मान गरिने र यस वर्षको उक्त सम्मान खप्तड समाजद्वारा आयोजित डेउडा समापन कार्यक्रममा प्रदान गरिने तथा उक्त सम्मान कार्यक्रमको संयोजन डेउडिया लक्ष्मण अधिकारीले गर्ने जानकारी ककालु मार्टबाट प्राप्त भयेको छ ।
.gif)