सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा सशस्त्र प्रहरीले एकै दिन समात्यो ५९ लाखको अवैध सामान


पश्चिम प्रेस
मंगलबार, भदौ १८ २०८१
  • 571
    Shares

  • images
    images
    कञ्चनपुरमा सशस्त्र प्रहरीले एकै दिन समात्यो ५९ लाखको अवैध सामान

    महेन्द्रनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

    भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं। ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेक्ट्रोनिक्स सामानलगायतका छन् । बरामद सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।


    प्रतिक्रिया दिनुहोस