महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंकले अनुसन्धान हुने बताएका छन ।
बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” गृहमन्त्री लेखकले भने । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिय वालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । त्यसैगरि पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले दुईदल बीच भएको सात बुदे सहमति कार्यान्वयनमा तलमाथी नहुने बताए । “दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ ।” लेखकले भने–“यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस ।”
त्यसैगरि कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने उनले बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ,निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीन संग जोड्छ ।” गृहमन्त्री लेखकले भने–“दोधार चाँदनी खुख्खा बन्दरगाह निमार्णको काम अघि बढिसक्यो ।” उहाँले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारतसंग सम्झौता भइसकेकाले छिट्टै निमार्णको काम सुरु हुने बताए । “दुई÷तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।” उनले भने–“सुख्खा बन्दरगाह निमार्णका लागि भारत सरकारले बजेट विनियोजन गरिसकेको छ ।”
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले बुधबार कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरेका थिए । त्यसैगरि उनले जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन ।
.gif)